२३ जेठ २०८३, शनिबार

ट्रम्पले इमरान खानलाई सोधे– यस्ता पत्रकार कहाँबाट ल्याउनुहुन्छ ?

ट्रम्पले इमरान खानलाई सोधे– यस्ता पत्रकार कहाँबाट ल्याउनुहुन्छ ?

काठमाडौं – सोमवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच बैठक चल्दा पाकिस्तानी पत्रकारहरूले कश्मीरका विषयमा ट्रम्पसँग लगातार प्रश्न सोधेका छन् । 

पत्रकारहरूको लगातार प्रश्नबाट झर्किएका ट्रम्पले इमरानलाई सोधे, ‘तपाईंले यस्ता रिपोर्टर कहाँबाट ल्याउनुहुन्छ ?’

प्रेस मीटका बेलामा ट्रम्पले पत्रकारहरूलाई कैयौंपटक हप्काए । 

एक पाकिस्तानी पत्रकारले ट्रम्पलाई कश्मीरमा ५० दिनदेखि इन्टरनेट, फूड सप्लाई सबै बन्द छ भने । 

ट्रम्पले त्यसो भन्ने पत्रकारलाई तपाईं पाकिस्तानी प्रतिनिधिमण्डलको सदस्य हो र भनी सोधे । ‘तपाईंको प्रश्न एक बयान हो ।’

अनि इमरानलाई ट्रम्पले यस्ता रिपोर्टर कहाँबाट ल्याउनुहुन्छ भनी सोधेपछि इमरान पनि लजाए । 

एक पाकिस्तानी पत्रकारले ट्रम्पको चाप्लुसी गर्दै कश्मीर समस्या समाधान गर्नुभयो भने नोबेल शान्ति पुरस्कार पाउनुहुन्छ भने । यसमा ट्रम्पले भने, ‘पारदर्शी रूपमा पुरस्कार दिने भए मलाई थुप्रै अन्य कुराका लागि नोबेल पुरस्कार दिनुपर्ने हो । उनीहरू बाराक ओबामालाई पुरस्कार दिन्छन् । उनलाई राष्ट्रपति बन्नेबित्तिकै दिए । उनलाई किन दिएको अहिलेसम्म मलाई थाहा हुन सकेको छैन ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्