
काठमाडौँ -सुत्दाखेरि सबैले सपना देख्ने गर्छन् । सपनामा धेरै व्यक्तिहरू उठेर हिंड्ने पनि गर्छन् ।
तर एक अमेरिकी महिलाले सपनालाई विपना सम्झेर औंठी निलेकी छिन् ।
उनी सपनामा आफ्नो केटासाथीसँग रेलमा यात्रा गरिरहेकी थिइन् । सपनामै उनले आफ्नो हातमा प्रेमीले दिएको महँगो हिराको औंठी लगाएकी थिइन् ।
सोही रेलमा केही गुण्डाहरू आईरहेको उनले देखिन् । अनि औंठी जोगाउन हत्तपत्त त्यसलाई मुखले च्यापेर निकालिन् अनि निलिन् ।
उनले सपनामा औंठी निलेकी थिइन् तर बिहान उठ्दा उनको साँच्चैको औंठी पनि गायब थियो ।
त्यसपछि उनले सपना याद गरिन् । अस्पताल गएर एक्सरे गर्दा उनको पेटमा औंठी भेटियो ।