२३ जेठ २०८३, शनिबार

पाकिस्तानमा गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

असोज ७, २०७६
पाकिस्तानमा गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो

इस्लामावाद-पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको प्रहरीले बताएको छ ।

मिरपूरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले टेलिभिजनमार्फत जानकारी दिँदै भन्नुभयो, “पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण उक्त क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र अहिलेसम्म १९ को निधन भएको जानकारी आएको छ । भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।”

आज अपरान्ह् गएको भूकम्पका कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको जानकारी पनि उहाँले दिनुभयो । 

पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महशुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्