२४ जेठ २०८३, आइतबार

क्षयरोग केन्द्रमा सीआईबीको छापा, उपसचिवको प्रमाणपत्र नक्कली !

असोज ८, २०७६
क्षयरोग केन्द्रमा सीआईबीको छापा, उपसचिवको प्रमाणपत्र नक्कली !

काठमाडौं।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सार्कस्तरीय कार्यालय ‘सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्र’ ठिमीमा सोमबार छापा मारेको छ।

त्यहाँ कार्यरत उपसचिव कृष्णबहादुर बस्नेतका शैक्षिक प्रमाणपत्र नक्कली भएको आशंकाका कारण छापा मारिएको सीआबी टोलीले जानकारी दिएको छ।

एसएलसीभन्दा माथिका सबै तहका प्रमाणपत्र नक्कली भएको र सोही कागजातका आधारमा प्रशासन प्रमुखको हैसियतमा पदोन्नति भई उपसचिवसरहको प्रशासन प्रमुख बनेका दोलखा फस्कुका बस्नेतका सम्बन्धमा समाचार प्रकाशित भएको थियो । 
सीआईबीको टोली केन्द्रमा छापा मार्न आएपछि उनीहरूको निजी नम्बर प्लेटको स्कर्पियो गाडीलाई केन्द्रको मूल प्रवेशद्वारमै रोक्न लगाएर आरोपित बस्नेत लुकेका र टोलीलाई रोक्न केन्द्रकी अर्की अधिकृत मीना ढकाल आफै गेटमा पुगेको समेत स्रोतले जानकारी दिएको छ। नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्