२३ जेठ २०८३, शनिबार

ह्वात्तै बढ्यो विदेशी लगानी

ह्वात्तै बढ्यो विदेशी लगानी

काठमाडौं– गत आर्थिक वर्षमा २५ प्रतिशतले घटेको विदेशी लगानी चालू आर्थिक वर्षको शुरूवातमा भने ह्वात्तै बढेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धि प्रतिवेदनअनुसार उक्त महिनामा नेपालले एक अर्ब ४४ करोड १० लाख रुपैयाँ विदेशी लगानीबापत प्राप्त गरेको छ ।

अघिल्लो आर्थिक वर्षको साउनमा यस्तो लगानी केवल २९ करोड ५७ लाख रुपियाँ मात्रै थियो । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा प्राप्त भएको विदेशी लगानी तीन सय ८७ प्रतिशतले बढी हो । गोरखापत्र दैनिकमा खबर छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्