
जारी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सी क्रिष्टल प्यालेससँग पराजित भएको छ ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सी रेलिगेसनमा संघर्षरत प्यालेससँग आफ्नै मैदानमा पराजित भएको हो । प्यालेसले चेल्सीलाई २–१ ले हरायो ।
पाँचौं मिनेटमा सेस फाब्रिगासको गोलबाट सुरुवाति अग्रता लिएपनि चेल्सीले अग्रता जोगाउन सकेन । क्रिष्टल प्यालेसका लागि नवौं मिनेटमा विलफ्रेड जाहा र ११ औं मिनेटमा क्रिष्टियन बेनटेकले गोल गर्दै प्यालेसलाई जीतको दिशा देखाए ।
दोस्रो हाफमा दुवै तर्फबाट गोल भएन र चेल्सी २–१ ले पराजित भयो । हारपछि शीर्ष स्थानको चेल्सीको २९ खेलबाट ६९ अंक भएको छ ।