२६ जेठ २०८३, मंगलबार

पाकिस्तान अधीनस्थ कश्मीरमा भूकम्पले गर्‍यो विनाश, सडक भासिएर गाडी पस्यो

पाकिस्तान अधीनस्थ कश्मीरमा भूकम्पले गर्‍यो विनाश, सडक भासिएर गाडी पस्यो

काठमाडौं – पाकिस्तान अधीनस्थ कश्मीरमा मंगलवार आएको ५.८ म्याग्निच्युडको भूकम्पमा २२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी मानिस घाइते भएका छन् । 

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रविन्दु न्यु मीरपुर नजिक थियो । भूकम्प अपराह्न ४ बजेर १७ मिनटमा आएको थियो र १० किलोमिटर गहिराइबाट आएको थियो । 

मीरपुरका सडकहरू नराम्ररी क्षतिग्रस्त छन् । अनेकौं गाडी पल्टिएका छन् । भूकम्पले सडकमा गहिरो खाल्डो बनाएकाले त्यसमा कारहरू पसेका छन् । 

सरकारी प्रसारण भवन नराम्ररी क्षतिग्रस्त भयो । भूकम्प एकदमै शक्तिशाली भएको र मानिसहरू डरका कारण रघबाट बाहिर निस्केको प्रत्यक्षदर्शीहरूले बताए । 

पाकितानका सूचनामन्त्री मुश्ताक मिन्हासले भूकम्पका कारण मीरपुर र वरपरका क्षेत्रमा २२ जनाको मृत्यु भएको छ । घाइतेहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । 

मीरपुरको जाटलानमा नहर किनाराको सडक पूरै भासिएपछि त्यहाँ रोकेर राखिएका गाडी नराम्ररी क्षतिग्रस्त भएका छन् । ठूलो संख्यामा पसलहरू पनि क्षतिग्रस्त छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्