२८ असार २०८३, आइतबार

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं–भोटेबहालमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा आज (बुधवार) बिहान बा ५ ख ७३११ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पर्सा घर भई काठमाडौं भोटेबहाल बस्दै आएका ४० वर्षीय भीम लामाको मृत्यु भएको हो । 

प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्