१० असार २०८३, बुधबार

अस्ट्रेलियाको क्यानबेरामा गाँजासेवन अब वैध

अस्ट्रेलियाको क्यानबेरामा गाँजासेवन अब वैध

काठमाडौं – व्यक्तिगत प्रयोजनका लागि गाँजा राख्न पाइने अस्ट्रेलियाको पहिलो शहर क्यानबेरा बनेको छ । 

गाँजा वैध बनाउने विधेयक बुधवार अपराह्न संसद्ले पारित गरेको हो । विधेयक पारित गराउन लेबर पार्टी र ग्रीन पार्टीको समर्थन थियो । 

१८ वर्षभन्दा माथिका मानिसले गाँजाको ५० ग्राम बोक्न पाउँछन् अनि दुईवटा बोट हुर्काउन पनि पाउँछन् । 

एउटा घरमा जम्मा चारवटा मात्र गाँजाको बोट राख्न पाइन्छ तर पानीमा गाँजा उमार्न चाहिँ अवैध छ । 

यो कानून सन् २०२० को जनवरी ३१ बाट मात्र लागू गरिनेछ । 

स्वास्थ्यमन्त्री रेचल स्टिफन–स्मिथले विधेयकमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । 

लेबर पार्टीका माइकल पेट्टरसनले यो विधेयक प्रस्ताव गरेका हुन् । 

उनले ल्याएको विधेयकमा संशोधन गर्दै गाँजा बालबालिकाको पहुँचबाट टाढा राख्नुपर्ने अनि वयस्कले बालबालिकाका अगाडि गाँजा सेवन गर्न नहुने र सामुदायिक बगैंचामा गाँजाखेती गर्न नपाइने प्रावधान राखिएको छ । 

गाँजालाई फौजदारी नभई स्वास्थ्यको विषय बनाउने उद्देश्यले विधेयक ल्याएको पेट्टरसनको भनाइ छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्