काठमाडौं – क्रिकेट म्याच चलिरहँदा मैदानमा खेलाडीहरूले झगडा गरेको खबर आइरहेको हुन्छ । यस्तै झगडा बुधवार क्वालालम्पुरमा देख्न पाइयो ।
त्यहाँको किनरारा एकेडमी ओभलमा क्यानडा र डेनमार्कबीच भएको सीडब्ल्यूसी च्यालेन्ज लीग ग्रूप ए म्याचका बेलामा रन लिनका लागि दौडिँदा गडबडी भएपछि क्रीजमा भएका दुवै ब्याट्स्म्यानले झगडा गरे ।
ब्याट्स्म्यान हमजा तारिकले शट हानेर एक रन लिए अनि दोस्रो रन लिने प्रयास गर्दा ननस्ट्राइकर ब्याट्स्म्यान रवीन्द्र सिंह पाल र तारिक दुवै एउटै एन्डमा आए । डेनमार्कका कीपर अब्दुल हाशमीले जोनास हेनरिक्सनले थ्रोको अवसर नगुमाइकन खाली भएको एन्डको स्टम्प ढलाए ।
त्यसपछि एउटै एन्डमा रहेका दुवै ब्याट्स्म्यानले रनआउटका विषयमा झगडा गरे । उनीहरूले एकअर्कालाई देखाएर ‘तिमी आउट, तिमी आउट’ भने । अन्तिममा तारिकले मैदान छोडेर जानुपर्यो ।
📽️ WATCH: Confusion in the middle between Canada batsmen Ravinderpal Singh and Hamza Tariq!
— Cricket World Cup (@cricketworldcup) September 25, 2019
🤦♂️ 😬 ☝️ pic.twitter.com/HbaqWMIfqi
एजेन्सी