०२ असार २०८३, मंगलबार

इजिप्टका  राष्ट्रपति अब्देल फताह अल सिसिको बहिर्गमनको माग गर्दै प्रदर्शन, एक हजार बढी प्रदर्शनकारी पक्राउ

असोज ८, २०७६
इजिप्टका  राष्ट्रपति अब्देल फताह अल सिसिको बहिर्गमनको माग गर्दै प्रदर्शन, एक हजार बढी प्रदर्शनकारी पक्राउ

कायरो-इजिप्टमा भएको प्रदर्शनबाट एक हजारभन्दा बढी प्रदर्शनकारीलाई अधिकारीहरूले पक्राउ गरेका छन् । 

    अधिकारवादी दुई समूहले दिएको जानकारी अनुसार राष्ट्रपति अब्देल फताह अल सिसिको बहिर्गमनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई पक्राउ गरिएको हो ।

    दुवै संस्थाले पक्राउ परेकाहरूको एकिन तथ्याङ्क भने फरक फरक दिएका छन् । इजिप्टीयन सेन्टर फर फ्रिडमस् एण्ड राइट्सले एक हजार तीन जना पक्राउ परेको जनाएको छ भने इजिप्टीयन सेन्टर फर इकोनोमिक एण्ड सोसियल राइट्सले एक हजार २९८ जना पक्राउ परेको उल्लेख गरेको छ ।

    कायरो विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक हाजेम होन्सीलाई मङ्गलबार राति घरबाटै पक्राउ गरिएको छ । 

    उहाँले निर्वाचनको बेलामा बर्तमान राष्ट्रपतिको विपक्षमा अभिमत राख्नु भएको थियो भने अहिले पनि सामाजिक सञ्जाल मार्फत राष्ट्रपतिको आलोचना गर्दै आउनु भएको थियो ।  

    अरू पनि धेरै पेशा, व्यवसायमा संलग्न तथा बौद्धिक क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गरिएको ती अधिकारवादी संस्थाहरूले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्