०१ साउन २०८३, शुक्रबार

चीनले बनायो  विशाल विमानस्थल,   फैलिएको छ ९८ वटा फुटबल मैदान बराबरको क्षेत्रमा

चीनले बनायो  विशाल विमानस्थल,   फैलिएको छ ९८ वटा फुटबल मैदान बराबरको क्षेत्रमा
एएफपी

बेइजिङ – चीनले १ खर्ब २४ अर्ब ९८ करोड २० लाख रुपैयाँ (११ अर्ब अमेरिकी डलर) मा निर्माण गरेको विशाल विमानस्थल ‘स्टारफिस’ बुधबारबाट खुला गरेको छ । 

मुलुकको ७० औं वार्षिकोत्सवको केही दिन मात्रै बाँकी रहँदा उक्त विमानस्थल खुला गरेको हो ।
चीनले अक्टोबर १ मा आफ्नो राष्ट्रिय दिवस मनाउँदै आएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार औपचारिक रूपमा राजधानी बेइजिङस्थित ‘द ड्याक्सिङ इन्टरनेसनल एयरपोर्ट’ को शुभारम्भ गरेका हुन् । सरकारी सञ्चारमाध्यम ‘चाइन डेली’ का अनुसार नयाँ विमानस्थल ९८ वटा फुटबल मैदान बराबरको क्षेत्रमा फैलिएको छ । यसको कूल क्षेत्रफल ७ लाख वर्गमिटर रहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्