
काठमाडाैं, २० चैत- भारतीय निर्वाचनमा प्रयोग भएको विद्युतीय मतदान मेशिनमा समस्या आएको भन्दै प्रमुख प्रतिपक्षी दलले त्यसको विरोध गरेको छ ।
अर्को हप्ता मध्यप्रदेशको दुई क्षेत्रमा हुन लागेको उपचुनावमा प्रयोग गर्ने तयारी गरिएको उक्त मेसिनमा जसलाई भोट हाल्नका लागि बटन थिचिएपनि प्रधानमन्त्री मोदीको पार्टी भारतीय जना पार्टी भारतीय जना पार्टीको चुनाव चिन्नहमा भोट लागेको थियो ।
भारतीय निर्वाचन आयोगले प्रयोगमा ल्याएको मेशिनमा भोट हालेपछि कागको बिल निस्कन व्यवस्था अर्थात भोटर भेरिएबल पेपर अडिट ट्रेल (भीभीपीएटी) प्रदर्शनका क्रममा बटन थिच्दा भाजपाको कमलको फूलमा भोट गएको भन्दै प्रतिपक्षी कांंग्रेसका नेताहरुले विरोध गरेका छन् ।
केही दिन पहिला भएको चुनावमा भारतीय जनता पार्टीले मध्यप्रदेशको चुनावमा अप्रत्यासीत जीत निकालेको थियो । जसमा कांग्रेसमा सात जनाले मात्र चुनाव जित्न सफल भएका थिए ।
मध्यप्रदेशका निर्वाचन अधिकारी सलिना सिंहले यो पूर्ण रुपमा तयार नभएको मेसिन भएको तर्क गरेकी छिन् । उनले नयाँ व्यवस्था जानकारीका लागि मात्रै प्रदर्शन गरिएको भन्दै त्यसलाई ढाकछोप गर्ने प्रयास गरेकी छन् । उनले मेशिनलाई ठीक ढंगले जाँचेर नल्याई केबल पत्रकारको जिज्ञासालाई शान्त पार्नका लागि मात्रै प्रदर्शन गरिएको बताएकी थिइन् । तर विपक्षी कांग्रेसले त्यसलाई मुद्दा बनाएको छ ।