२३ असार २०८३, मंगलबार

सिंगापुरमा महिलामाथि दुर्व्यवहारको आरोप लागेका नेपाली भिक्षुलाई पाँच महिना कारावास सजाय

सिंगापुरमा महिलामाथि दुर्व्यवहारको आरोप लागेका नेपाली भिक्षुलाई पाँच महिना कारावास सजाय
तस्वीर स्रोत : डिपोजिटफोटोज

काठमाडौं – सिंगापुर पुगेर विभिन्न बौद्ध मन्दिरहरूमा धर्मग्रन्थ वाचन गर्ने एक नेपाली भिक्षुले गेलाङमा महिलामाथि दुर्व्यवहार गरेको पाइएको छ । 

मंगलवार त्यहाँको जिल्ला अदालतले दावा तामाङलाई दोषी ठहर गर्दै पाँच महिनाको कारावास सजाय सुनाएको छ । 

सहन्यायाधिवत्तला अशरफ हसनले तामाङ जुलाई ६ मा पर्यटकका रूपमा सिंगापुर भित्रिएको बताए । उनले पूजाआजा गर्नका लागि ताइवान जान आफ्नो प्रवेशाज्ञा नवीकरण गर्न खोजेका थिए । 

तामाङले दुर्व्यवहार गर्नुअघि ६ ग्लास बीयर पिएको स्वीकार गरेका छन् । 

उनी जुलाई ११ मा गेलाङ होटल नजिक हिँडिरहेको बेलामा राति साढे ११ बजे २८ वर्षीया महिलाले उनको स्टलतिर आउन संकेत गरिन् । 

उनले उक्त क्षेत्रमा अस्थायी स्टल राखेकी थिइन् । तर उनले कुन सामान बेचेको भनी अदालती दस्तावेजमा उल्लेख छैन । अदालतको आदेशबमोजिम उनको नाम खुलाउन मिल्दैन । 

भिक्षु महिलाको टेबलमा पुगेको र उनले भिक्षुलाई सामान देखाउन थालेको सहन्यायाधिवक्ताको भनाइ छ । उनले झुकेर भिक्षुसँग कुरा गर्दै गर्दा भिक्षुले महिलाको स्तन समातेका थिए । 

महिलाले तत्कालै तामाङको हात हटाइदिएकी थिइन् र नजिकै बसेको एक मानिसलाई गुहार मागेकी थिइन् । 

महिला चिच्याएपछि बाटोमा हिँडिरहेका अर्का व्यक्तिले पनि रोकिएर के भयो भनी सोधेका थिए । 

अनि दुईजना भिक्षुका पछाडि दौडिए र उनलाई समाते । 

पछि दुईजना प्रहरी अधिकारी आए र तामाङलाई पक्राउ गरे । 

भिक्षुको मुद्दा अधिवक्ताद्वय जोसेफस तान र कोरी वोङले लडेका थिए । 

तानले न्यायाधीश जसवेन्दर कौरलाई भिक्षु निकै पश्चात्ताप गरिरहेको र पाँच वर्ष भन्दा बढी कारावास सजाय नहोस् भनिरहेको बताए । 

उनले थपे, ‘नेपालमा आफ्ना गुरु भिक्षुको बेइज्जत गरेको र गुरुको आदर्शबाट भट्किएको भनी उनले आफैंलाई न्दिा गरेका छन् ।’

न्यायाधीशले उक्त जिकिर स्वीकारिन् नत्र सामान्यतया दुर्व्यवहारको सजाय दुई वर्षसम्मको कारावास सजाय र जरिवाना वा कोर्राले हिर्काउने सजाय हुन्छ । 

स्ट्रेट्स टाइम्सबाट
 

salt training

कमेन्ट गर्नुहोस्