१२ असार २०८३, शुक्रबार

उत्तरी अरब समुद्रमा पाकिस्तानी जलसेनाले थाल्यो अभ्यास, भारत सतर्क

उत्तरी अरब समुद्रमा पाकिस्तानी जलसेनाले थाल्यो अभ्यास, भारत सतर्क

काठमाडौं – उत्तरी अरब समुद्रमा पाकिस्तानले ठूलो जलसेना अभ्यास थालेपछि त्यसमा निगरानी गर्न भारतले केही युद्धपोत, गोताखोर जहाज, समुद्री सीमाको गश्ती र युद्धविमान अग्रिम पंक्तिमा तैनाथ गरेको छ । 

पाकिस्तानले आफ्नो युद्धक्षमताको आकलनका लागि यस जलसेना अभ्यासका बेलामा क्षेप्यास्त्र र रकेट पनि प्रहार गर्नेछ । 

भारतीय सुरक्षा सूत्रहरूले बुधवार बताएअनुसार, पाकिस्तानको युद्धाभ्यासमा नजर राख्ने काम भइरहेको छ । पाकिस्तानले कुनै कारवाही अगाडि बढाएमा भारतका सशस्त्र बल स्थितिका लागि तयार रहेको सूत्रको भनाइ छ । 

भारत सरकारले जम्मु कश्मीरलाई दिइएको विशेष दर्जा हटाएपछि पाकिस्तानी सेना वा आतंकवादी समूहको आक्रमणको जोखिम बढेको छ । सूत्रले बताए, ‘हुन त पाकिस्तानको यो युद्धाभ्यास सामान्य प्रक्रिया हो तर उसको उद्देश्य जुन बेलामा पनि परिवर्तन हुन सक्छ ।’

पाकिस्तानले उत्तरी अरब सागरबाट जाने मालवाहक जहाजका लागि मेरिटाइम अलर्ट जारी गर्दै आइतवारसम्म लाइभ मिसाइल, रकेट र बन्दूकको फायरिङ हुने बताएको छ । पाकिस्तानको प्रत्येक क्रियाकलापमा भारतको नजर रहनेछ । पाकिस्तानले नियमित काम बाहेक अरू कुनै पनि गतिविधि गरेमा जवाफ दिन भारतीय सेना तयार रहेको सूत्रको भनाइ छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्