![एसिडपीडित मुस्कानलाई बलिउड नायक वरुण धवनले पठाए सन्देश [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Muskan_Khatun_1_AqxTlO2X2r.png)
काठमाडौं – एसिड आक्रमणमा परेकी किशोरी मुस्कान खातुनलाई बलिउड नायक वरुण धवनले भिडियो सन्देश पठाएका छन् ।
बलिउड नायिका कृति स्याननले समेत मुस्कानलाई भिडियो कल गरेकी छन् । कृति र वरुण मुस्कानका मनपर्ने नायक/नायिका हुन् ।
मुस्कानको अवस्थाबारे कृतिमार्फत थाहा पाएपछि वरुणले मुस्कानका लागि रेकर्ड गरेको भिडियो निर्देशक जुनैद मेमोनले ट्वीटरमा राखेका छन् ।
भिडियोमा वरुणले मुस्कान छिट्टै निको भएर आफ्नो पढाइमा फर्किने विश्वास व्यक्त गरेका छन् ।
साथै उनले निको भएपछि आफूलाई भेट्न आउन आग्रह पनि गरेका छन् ।
हेर्नुहोस्, भिडियो :
After @Varun_dvn learned about her diehard fan from @kritisanon he immediately made a video for Muskan and sent it to her. The emotion is unexplainable. The girl has got new life and she wants to live all over again and hoping to meet Varun soon. Thank you guys for your efforts. pic.twitter.com/y2a9nwnTh3
— Farmer Zunaid Memon जुनैद (@JunaidFarmer) September 25, 2019
जुनैदका मनपर्ने गायक राजु लामाले उनलाई अस्पतालमै पुगेर भेटेका थिए ।
भेटमा राजुले 'तिमीलाई देखेर हिमाल हाँसेको ...' बोलको गीत समेत गाएका थिए ।
९ कक्षामा अध्ययनरत १४ वर्षीया मुस्कानमाथि गत महिना वीरगञ्जमा एसिड प्रहार भएको थियो ।