१२ असार २०८३, शुक्रबार

भूकम्पका विषयमा मूर्खतापूर्ण टिप्पणी गरेपछि घेरिइन् इमरान खानकी वरिष्ठ सहयोगी

भूकम्पका विषयमा मूर्खतापूर्ण टिप्पणी गरेपछि घेरिइन् इमरान खानकी वरिष्ठ सहयोगी

काठमाडौं – पाकिस्तान अधीनस्थ कश्मीरमा मंगलवार आएको भूकम्पका विषयमा प्रधानमन्त्री इमरान खानकी एक वरिष्ठ सहयोगीले असंवेदनशील र मूर्खतापूर्ण टिप्पणी गरेर आलोचनाको पात्र बनेकी छन् । 

भूकम्पका कारण ३० जनाको मृत्यु भएको छ भने ४५० भन्दा बढी मानिस घाइते भएका छन् । 

प्रधानमन्त्रीकी विशेष सूचना सहायक डा फिरदौस आशिक अवानले भूकम्पको पीडाको गम्भीरतालाई विचार नगरी खान सरकारले गरेको परिवर्तन धर्तीको गहिराइसम्म अनुभव गरिएको बयान दिइन् । 

इमरान खान अघिल्लो वर्ष परिवर्तनको वाचासहित सत्तामा आएका थिए । उनको पार्टी तहरीक–ए–इन्साफ र समर्थकहरूले परिवर्तनपछि झट्का आउँछ भनेर इमरानका नीतिको आलोचनालाई जवाफ फर्काउने गरेका छन् । 

अवानले मंगलवार आयोजित एक कार्यक्रममा भाषणको अन्त्यमा मुस्काउँदै भूकम्पले कुनै परिवर्तन आउँदा असहजता अनुभव हुने बताइन् । उनले भनिन्, ‘यो असहजता परिवर्तनको प्रतीक हो जसले गर्दा पृथ्वी पनि हल्लियो । खान सरकारका यी आरम्भिक परिवर्तन स्वीकार गर्न गाह्रो भएको हुनुपर्छ । परिवर्तनको अनुभव पृथ्वीको गहिराइसम्म अनुभव गरिएको हुनुपर्छ ।’

उनको बयान सुनेर श्रोताहरू हाँसे । तर त्यसै कार्यक्रममा उपस्थित मानवअधिकार मन्त्री शिरीन मजारीले अवानको बयान व्यक्तिगत भएको र सरकारको आधिकारिक भनाइ नभएको भने । 

अवानले असंवेदनशील बयान दिएको भनी सामाजिक सञ्जालमा टीकाटिप्पणी शुरू भएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्