१६ असार २०८३, मंगलबार

फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक

फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले अन्तर्राष्ट्रिय मामिलामा फ्रान्ससँग रणनीतिक साझेदारी गर्न चीन इच्छुक रहेको बताएका छन् । 

राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा फ्रान्सेली विदेशमन्त्री जाँ–येभ्स ली ड्रायनसँगको भेटघाट पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री वाङ यीले बदलिँदो विश्व परिवेशमा विश्व शान्ति र स्थायित्वका लागि मिलेर काम गर्नुको विकल्प नरहेको बताए ।

चीन र फ्रान्सका विदेशमन्त्रीहरु हाल संयुक्तराष्ट्र संघ महासभाको ७४औं बैठकमा सहभागी हुन हाल न्यूयोर्कमा रहेका छन् ।

चिनियाँ विदेशमन्त्री यीले संयुक्तराष्ट्र सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रका रुपमा रहेका चीन र फ्रान्सले विश्व बहुलवाद र खुला विश्व अर्थतन्त्र निर्माणमा मिलेर कार्य गर्नुपर्नेमा जोड दिए।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले गत मार्चमा गर्नुभएको फ्रान्सको औपचारिक भ्रमणले द्वीपक्षीय सम्बन्ध निर्माणमा नयाँ अध्याय प्रारम्भ गरेको बताए।

सो अवसरमा फ्रान्सेली विदेशमन्त्री ली ड्रायनले दुबै मुलुकका राष्ट्राध्यक्षबीच उच्चस्तरको आपसी विश्वास रहेको बताउँदै दुबै देशले बदलिँदो विश्व परिवेशमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने खाँचो छ भने। 

salt training

कमेन्ट गर्नुहोस्