काठमाडौं–सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजी होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले डल्लूमा आधिकारिक सर्भिस सेन्टरको शुभारम्भ गरेको छ ।
उक्त शोरुमको समद्घाटन किन्जी साइटो, शुजुकी मोटर कर्पोरेशन, जापानका प्रबन्ध अधिकारी तथा सिजि होल्डिङ्गसका प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरेका थिए ।
हालै सञ्चालनमा ल्याइएको सर्भिस सेन्टर २३३८१.५२ स्क्वायर फिटको विशाल क्षेत्रमा फैलिएको छ ।
यस सर्भिस सेन्टरमा प्रतिमहिना २००० कारको सर्भिस क्षमता रहेको छ । यहाँ ११ वटा क्षेत्रहरु रहेका छन् जसमा २ वटा एक्स्पे्रेस तथा एकवटा ह्वील अलाइनमेन्ट क्षेत्र रहेका छन् ।
'ग्राहकको सन्तुष्टिलाई नै प्रमुख सेवाको रुपमा लिइएको हुँदा हामीले सुजुकी गाडीहरुको गुणस्तरीय सर्भिसिङ्गको लागि लगानी गरेका छौं । हामीले ७० किलोमिटर अर्धव्यासमा सर्भिस टचप्वाइन्टको स्थापना गर्ने उद्देश्य सहित डल्लुमा सर्भिस सेन्टर स्थापना गरिएको हो', बिजिनेश युनिट प्रमुख श्याम श्रेष्ठले बताए ।