काठमाडौं, २० चैत–नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईसहितका ६४ दलका ५० भन्दा बढी नेता कार्यकर्ता निर्वाचन आयोग घेराउ गर्ने क्रममा पक्राउ परे ।
पक्राउ परेका पूर्व प्रधानमन्त्री भट्टराईसहित गंगा चौधरी, सि पी गजुरेल, रिजवान अन्सारी, हिसिला यमी, रामकुमार शर्मा लगायत लाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
निर्वाचन आयोगमा दल दर्ता गर्ने समयमा प्रदान गरिएको चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन पाउनुपर्ने मागसहित निर्वाचन आयोगको कार्यालय बहादूर भवन घेराउ गर्न पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर २ नम्बर गण महाराजगञ्ज पु-याइएको थियो । त्यसपछि नेताहरुलाई महेन्द्र पुलिस क्लब ल्याइएको छ ।

आफूसहित पत्नी एवं नयाँ शक्तिकी नेतृ हिसिला यमी र अन्य दलका नेता कार्यकता पक्राउ परेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै डा. बाबुराम भट्टराईले लेखेका छन्ः जीवनको पाँचौं राजनीतिक गिरफ्तारी पछि नेपाल प्रहरी २ नं गण महाराजगंजमा श्हि, लो २०३६ सालमा भारत सरकारद्वारा दिल्लीमा१ दोश्रो र तेश्रो राजा वीरेन्द्रको पंचायती सरकारद्वारा २०४२ र २०४३ सालमा१ चौथो बहुदलीय व्यवस्थामा गिरीजा सरकारद्वारा २०५० सालमा ! पाँचौं गणतान्त्रिक प्रचण्ड सरकारद्वारा अहिले!
त्यसपछि पुलिस क्लब भृकुटीमण्डपमा नेता कार्यकर्ताहरुसँगको पोटो राख्दै पूर्वप्रधानमन्त्री बाबुराम सामाजिक सञ्जालमा लेख्छन्‘ पुलिस क्लव भृकुटी मण्डपमा आन्दोलनकारी साथीहरूसंग१ साथमा मा। गंगा चौधरी, सि पी गजुरेल, रिजवान अन्सारी, हिसिला यमी, रामकुमार शर्मा लगायत ११ दलका४८ जना उच्च मनोवलकासाथ माग पूरा नभएसम्म यहीं धर्ना कस्ने मुडमा !