
जनकपुरधाम – विखण्डनकारी नारा त्यागेर मूलधारको राजनीतिमा आएका सीके राउत नेतृत्वको जनमत पार्टीले 'लाउड स्पीकर' चुनाव चिह्न पाएको छ ।
आसन्न उपनिर्वाचनका लागि निर्वाचन आयोगले नयाँ दर्ता भएका र नाम फेरिएका गरी २१ दललाई चुनाव चिह्न प्रदान गरेको हो ।
यसक्रममा राउत नेतृत्वको जनमत पार्टीले लाउड स्पीकर चुनाव चिह्न पाएको छ ।
पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने क्रममा भने राउतले चुनाव चिह्नको रूपमा 'अष्टदल' प्रस्ताव गरेका थिए ।
आयोगले माइक, बल, पञ्जा, लाउड स्पीकर जस्ता चिह्न रोज्न दिएको र त्यसमध्ये लाउड स्पीकर रोजेको जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले लोकान्तरलाई बताए ।
यद्यपि उपचुनाव लड्ने कि नलड्ने भन्ने विषयमा भने पार्टीमा औपचारिक निर्णय हुन बाँकी नै रहेको सिंहले बताए ।
पूराना र नाम नफेरिएका दलहरूको चुनाव चिह्न भने यथावत छ ।
संसद् र स्थानीय तहमा रिक्त जनप्रतिनिधिको पदपूर्तिका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।
कुन दललाई कुन चिह्न ?
