
काठमाडौं, २० चैत – निर्वाचन आयोगको कार्यालय घेर्न गएमा आफ्ना कार्यकर्ताहरुलाई सरकारले पक्राउ गरेको विषयमा मोहन बैद्य नेतृत्वको माओबादीले फासिंबादी आतंक मञ्चनको संज्ञा दिएको छ ।
केहीबेर अघि जारी भएको विज्ञप्तीमा राज्यले फासिबादी आतंक मञ्चन गरेको आरोप लगाइएको छ । माओबादीका अनुसार सरकारले माओबादी तथा नयाँ शक्तिका गरेर ४८ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
नयाँ शक्तिका बाबुराम भट्टराई र माओबादीका सिपी गजुरेल लगायतका नेतालाई पक्राउ गरिएको माओबादीले जनाएको छ ।
साथै माओबादीले यस प्रकारको दमन, धरपकड र मानासिक यातनादिने कार्यप्रतिे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।