०४ असार २०८३, बिहीबार

सी विचारधारामा बहस गर्न छोड्नुस् : चिनियाँ राजदूत

असोज १०, २०७६
सी विचारधारामा बहस गर्न छोड्नुस् : चिनियाँ राजदूत

काठमाडौं। नेपाल र चीनका सत्तारूढ कम्युनिस्ट पार्टीबीच भएको समझदारीको पक्ष/विपक्षमा विभिन्न किसिमका धारणा सार्वजनिक भइरहेका बेला चीनले आफ्ना मुलुकका राष्ट्राध्यक्ष सी चिन फिङको विचारधारा अन्तर्राष्ट्रियकरण भइसकेको बताएको छ।

आफ्नो देशले कहिल्यै विचार निर्यात नगरे पनि सी विचारधारा विगतमै स्थापित भएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बताएकी छिन् ।

चीन अध्ययन केन्द्रले सी जिन पिङ विचारधाराबारे बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत होउले यस्तो विचार व्यक्त गरेकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत होउले भनिन्– ‘सी विचारधारा पहिले नै अन्तर्राष्ट्रियकरण भइसकेको छ, चीनले पहिले पनि विचार निर्यात गर्दैनथ्यो, अब पनि गर्दैन।’

आलोचनातर्फ संकेत गर्दै राजदूत हाउले भनिन्– ‘अन्यथा नलिनुहोस् विकासको नयाँ अवधारणा भएकाले नेपालजस्ता विकासशील राष्ट्रमा सी विचारधारा बहसको तातो विषय बनेको हो, सी विचारधाराबारे बहस गर्न छाडिदिनुस्।’ नेपाल समाचारत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्