०३ असार २०८३, बुधबार

तेलमा निर्भरता कम गर्न पर्यटक भित्र्याउँदै साउदी अरब

तेलमा निर्भरता कम गर्न पर्यटक भित्र्याउँदै साउदी अरब

काठमाडौं – पर्यटनलाई प्रोत्साहन गर्नका लागि साउदी अरबले पर्यटक भिजा जारी गर्ने भएको छ । 

साउदी सरकारले शुक्रवार विश्व पर्यटन दिवसको अवसरमा यसको घोषणा गरेको छ । साउदी अरबले आफ्नो अर्थतन्त्रलाई अघि बढाउनका लागि तेलमा निर्भरता घटाउन खोजेको छ । 

साउदी युवराज मोहम्मद बिन सलमानको भिजन २०३० मा पर्यटनलाई आयको नयाँ माध्यम बनाउन खोजेको छ । 

यसअघि साउदीमा विदेशबाट कामदार, उनीहरूको परिवारका सदस्य र मक्कन मदीना जाने मुस्लिम तीर्थयात्रीहरूका लागि मात्र भिजा जारी हुने गरेको थियो । 

साउदीका पर्यटनमन्त्री अहमद अल–खतीबले यस निर्णयलाई ऐतिहासिक भन्दै पर्यटकहरूलाई देखाउने थुप्रै कुरा आफ्नो देशमा रहेको बताए । आफूहरूकहाँ युनेस्कोको पाँचवटा विश्व सम्पदा स्थल, शानदार स्थानीय संस्कृति र प्राकृतिक सम्पदा रहेको उनको भनाइ छ । 

ब्लूमबर्गसँग गरेको कुराकानीमा साउदीले ४९ दिनका नागरिकका लागि अन्लाइन पर्यटन भिजा आवेदन शुरू गर्नेछ । विदेशी नागरिकहरूका लागि नियममा छुट दिइनेछ । विदेशी महिलाहरूलाई कडा ड्रेस कोडको नियम पनि हटाइनेछ । उनीहरूले अबाया नलगाइकन सडकमा निस्कन पाउनेछन् । तर उनीहरूले शालीन कपडा लगाउनुपर्छ । 

साउदी अरब संसारको सबभन्दा कट्टरपन्थी मुलुकमध्ये एक हो । त्यहाँ महिलाहरूका लागि प्रतिबन्ध अझ कडा छ । तर भिजन २०३० अन्तर्गत तेल निर्यातबाट हुने राजस्वमा निर्भरता घटाउन खोजिएको छ । 

युवराज सलमानले देशमा अनेकौं परिवर्तन गरिरहेको छ । महिलामाथि लगाइएको प्रतिबन्ध र नियममा ढिलाइ गरेर मानिसहरूलाई रोजगारीको अवसर बढाउने निर्णयहरू लिइएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्