१६ असार २०८३, मंगलबार

काठमाडौं आउने १० चक्के ट्रकलाई नारायणगढमै रोकिने, ठूला सवारी धादिङबाट राति ९ बजेपछि मात्र

काठमाडौं आउने १० चक्के ट्रकलाई नारायणगढमै रोकिने, ठूला सवारी धादिङबाट राति ९ बजेपछि मात्र

काठमाडौं– दशैंको लागि उपत्यकाबाट बाहिरिने यात्रुको सुविधालाई ध्यानमा राख्दै पृथ्वी राजमार्गमा ठुला सवारीसाधनलाई निषेध गरिने भएको छ ।

यात्रुको सुरक्षालाई ध्यानमा राख्दै ठुला सवारीसाधनलाई प्रवेश निषेध गर्न लागिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमदत्त ढकालले लोकान्तरलाई जानकारी दिए ।  

उनका अनुसार, काठमाडौं आउने १० चक्के सवारी साधनलाई नारायणगढमै रोकिने भएको छ । आइतवार (१२ गते)देखि १८ गतेसम्म यस्ता सवारीसाधनलाई रोकिने भएको छ । 

ठुला सवारी साधनका कारण राजमार्गमा पछिल्लो समय सवारी जाम बढ्दै गइरहेको छ ।

चाडपर्वका समयमा सवारीको चाप बढी हुने र ठूला सवारीकै कारण जाम बढ्ने भएकाले उनीहरूलाई रोकिन लागिएको वरिष्ठ उपरिक्षक ढकालले बताए । 

यस्तै शुक्रबार रातिदेखि नै धादिङबाट काठमाडौं आउने ठुला सवारी साधन रोकिने भएका छन् । राति ९ बजेपछि मात्रै ठुला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेश गर्न दिइने ट्राफिक प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्