काठमाडौं – भारतको दिल्ली प्रहरीले पाँचवटा गोल्डन रिट्रीभर कुकुर तैनाथ गरेको छ ।
यी कुकुरहरू १२ देखि १५ महिनाका छन् । यिनीहरू जन्मजात शिकारी स्वभावका हुन्छन् । चलाख भए पनि उनीहरूलाई सोझो मानिने गरिएको छ । यिनीहरू पानीमा पनि सजिलै हेलिन सक्छन् ।
यी बहादुर कुकुरहरूले दृष्टिहीन मानिसलाई बाटो कटाउन सहायता गर्नेछन् । त्यस्ता मानिससँगै हिँडेर कुकुरहरूले गन्तव्यमा सुरक्षित पुर्याउनेछन् ।
उनीहरूको छानबिन गर्ने र सुँघ्ने क्षमता अद्भुत छ । भुइँको निकै मुनि सुँघ्ने क्षमता उनीहरूसँग छ । कसैको गन्ध एकपटक सुँघेपछि उनीहरू जीवनभरि बिर्सदैनन् ।
गजबले जासूसी काम गर्न सक्ने क्षमता पनि यी कुकुरहरूमा छ । त्यसैले दिल्ली प्रहरीले यिनीहरूलाई बस्न वातानुकूलित घरको व्यवस्था गरेको छ ।
एजेन्सी