२३ जेठ २०८३, शनिबार

कुकुरलाई एसयूभीको पछिल्तिर बाँधेर कुदाइयो, निकै तर्सियो (भिडियो)

कुकुरलाई एसयूभीको पछिल्तिर बाँधेर कुदाइयो, निकै तर्सियो (भिडियो)

काठमाडौं – दक्षिणपश्चिमी चीनको जियाङयू शहरमा एक परिवारले आफ्नो कुकुरलाई गरेको दुर्व्यवहारको स्तब्ध बनाउने भिडियो सार्वजनिक भएको छ । 

सेतोकालो कोली प्रजातिको कुकुर सुबारु फोरेस्टर एसयूभीको साँघुरो घेरोमा तर्सिएर बसेको भिडियोमा देखिन्छ । 

अन्य गाडीका चालकले पनि यसलाई बेवास्ता गरेका छन् किनकि कसैले पनि कुकुर राखेको गाडी चलाउनेलाई कुकुर डराएको विषयमा सचेत गराएका छैनन् । 

कुकुरले अरू चालकहरूसँग आँखाले सम्पर्क बनाउन खाजेको देखिन्छ । आफूलाई यस्तो खतरनाक स्थितिबाट जोगाउन कसैले पहल गरिदिए हुन्थ्यो भन्ने चाहना कुकुरको आँखामा झल्किन्छ । 

एउटा एम्बुलेन्स आएर ट्राफिक रोकेपनि डराएको कुकुर एसयूभीबाट झर्दैन । 

घटनाको भिडियो बनाउने प्रत्यक्षदर्शीले प्रहरीलाई यसको सूचना दिँदै कुकुरलाई गाडीमा पछाडिबाट बाँधिएको बताए । कुकुर त्यो साँघुरो ठाउँबाट लडेको भएर घिसारिने संकेत यसबाट पाइन्छ । 

जियाङयू प्रहरीले उजुरी पाएलगत्तै घटनाको अनुसन्धान गरेको र गाडी चलाउने पत्ता लगाएको जानकारी दिएको छ । 

चालकलाई ट्राफिक सुरक्षामा खतरा पारेको भन्दै ५० रेन्मिन्बीको जरिवाना लगाइएको छ । 

चीनमा घरपालुवा जनावरमाथिको दुर्व्यवहारबाट संरक्षण गर्ने कानून नभएका कारण कुकुरमालिकलाई कठोर सजाय दिइने छैन ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्