१३ असार २०८३, शनिबार

फेसबूकमा अब लाइक संख्या नदेखाइने, लाइकका कारण मानिसक दबाब परेको जिकिर

फेसबूकमा अब लाइक संख्या नदेखाइने, लाइकका कारण मानिसक दबाब परेको जिकिर

काठमाडौं – मानसिक स्वास्थ्यको चिन्ताका कारण अब सामाजिक सञ्जाल फेसबूकले लाइकको गणना व्यवस्था हटाउने भएको छ । 

शुक्रवार अस्ट्रेलियामा लाइक हटाइएको परीक्षण गरिएको छ । 

लाइक नआउँदा निकै मानसिक दबाब पर्ने गरेको मानसिक स्वास्थ्यविद्हरूले बताएपछि फेसबूकले यो कदम चालेको हो । 

प्रयोगकर्ताहरूले आफ्नो पोस्टमा कतिवटा लाइक आयो देख्न पाउनेछन् तर अरूहरूले देख्ने छैनन् । इन्स्टाग्राममा यो लागू गरिसकिएको छ । 

प्रयोगकर्ताको स्वास्थ्य सुधार्न र चिन्ता घटाउनमा मद्दत गर्न यो कदम चालिएको फेसबूकका एक प्रवक्ताले बताएका छन् । 

उनले भने, ‘फेसबूकमा अभिव्यक्त गर्दा मानिसले सहज अनुभव गरून् अनि कतिवटा लाइक र रियाक्सन आयो भन्ने कुरामा ध्यान नदिऊन् भन्ने हाम्रो चाहना हो । तपाईंले आफ्नो पोस्टमा आएको रियाक्सन हेर्न कमेन्टमा ट्याप गरे पुग्छ

तर अरूहरूले लाइकको संख्या हेर्न सक्ने छैनन् । अनि तपार्ईं आफैंले पनि अर्काको पोस्टमा आएको लाइक र रियाक्सन संख्या हेर्न सक्नुहुनेछैन ।’ 

इन्स्टाग्रामले अस्ट्रेलिया र क्यानडामा लाइक लुकाउन थालेको केही महिनापछि फेसबूकले आजबाट यसको थालनी गरेको हो । यो सफल भएमा विश्वभरि परिवर्तन गरिनेछ । 

इन्स्टाग्रामले प्रयोगकर्ताहरूमाथिको दबाब हटाउन र सकारात्मक वातावरण बनाउन लाइक गणना हटाएएको बतायो ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्