
पोखरा–गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन सार्वजनिक दिने भएको छ ।
मन्त्रीपरिषदको बिहीवार बसेको बैठकले असोज १२ गते आइतवार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
संघ सरकारले भने १८ गते फूलपातीदेखि २२ गते एकादशीसम्म सार्वजनिक विदा दिने निर्णय यसअघि नै गरेको थियो ।
पछिल्लो समय प्रदेश र स्थानीय सरकारले विभिन्न पर्वमा आफू मातहतका कार्यालयमा बिदाको निर्णय गर्दै आएका छन् ।