![दीपक–दीपाको फिल्म प्रमोशन गर्न आयो रिमिक्स गीत 'बीच्च बीच्चमा' [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/ChhaMaya_Chhapakkai_Jv2zkzIRIR.png)
काठमाडौं – हरेक वर्ष दशैंलाई लक्षित गरी फिल्म रिलिज गर्दै आएका दीपकराज गिरी र दीपाश्री निरौला 'छ माया छपक्कै'को प्रचारप्रसारमा व्यस्त छन् ।
यसपटक दशैंको टीकाको तीन दिनपछि असोज २४ गते रिलिज हुने फिल्मको प्रमोशनका लागि 'छ माया छपक्कै'को टीमले तीजमा लोकप्रिय बनेको गीत 'बीच्चबीच्चमा' कै शैलीमा गीत तयार पारेको छ ।
उक्त गीत 'बीच्चबीच्चमा' गीतका गायक दुर्गेश थापाले नै गाएका छन् भने उनीसँगै छ माया छपक्कै टीमका कलाकारहरूको अभिनय छ ।
दीपक–दीपाका फिल्महरूमा देखिँदै आएका केदार घिमिरे माग्ने बुढाको युट्युब च्यानल 'आमा अग्निकुमारी मिडिया'मा शुक्रवार नै अपलोड भएको भिडियोलाई अपराह्न ४ बजेसम्ममा ५० हजारभन्दा बढीले हेरिसकेका छन् ।
हेर्नुहोस्, भिडियो :