३० जेठ २०८३, शनिबार

भारतले संसारलाई युद्ध होइन बुद्ध दिएको छः मोदी

भारतले संसारलाई युद्ध होइन बुद्ध दिएको छः मोदी

न्यूयोर्क । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले संसारलाई बुद्ध दिएको बताएका छन् । 

शुक्रबार संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै मोदीले भने ,‘हामी त्यो देशको बासिन्दा हौं जसले संसारलाई युद्ध होइन बुद्ध दिएको छ ।’

सो क्रममा उनले पाकिस्तानको नाम लिएनन् तर इशारामा पाकिस्तानको आलोचना गरे । 

मोदीले उग्रवाद संसारको लागि खतरा भएको बताउदैं भने ,‘हाम्रो आवाजमा आतंकविरुद्ध संसारलाई सतर्क गर्ने गम्भिरता पनि छ र आक्रोश पनि छ । ’

मोदीले आतकंवाद एक देशको मात्र नभएर सम्पूर्ण मानवताको सबैभन्दा ठूलो चुनौतीमध्य एक भएको बताए । उनले यस विरुद्ध एक जुट हुनु महत्वपूर्ण भएको बताए । 

-एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्