२५ जेठ २०८३, सोमबार

दुर्गममा स्वास्थ्य सेवा : चार सय लाभान्वित

दुर्गममा स्वास्थ्य सेवा : चार सय लाभान्वित

बैतडी– बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा दुर्गममा चिकित्सकको सेवा प्रदान गर्ने उद्देश्यले बिहीवारदेखि सो कार्यक्रम सञ्चालन भएको थियो । शुक्रवार सम्पन्न कार्यक्रमबाट ३८७ ले सेवा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत सञ्चालन भएको शिविरमा ८० गर्भवती महिलाको ‘अल्ट्रासाउण्ड’  गरिएको छ  भने २७९ ले सामान्य स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा २२ ले प्रयोगशाला र २० जनाले परिवार नियोजन सेवा लिएका छन् ।  

दुर्गम क्षेत्रका नागरिक चिकित्सकको सेवा पाउनबाट वञ्चित भएकाले उनीहरुलाई एकै ठाउँमा विभिन्न सेवा प्रदान गर्न गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन गरिएको प्रमुख भट्टले बताए। प्रत्येक महीनाको एक दिन पालिकाका दुर्गम स्वास्थ्यचौकीमा यो कार्यक्रम सञ्चालन गरिने बताइएको छ । 

दुर्गममा डाक्टरको सेवा उपलब्ध भएपछि स्थानीय खुशी भएका पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्टले जानकारी दिए। शिविरमा पाटन प्राथमिक स्वास्थ्य केन्द्रका डा रोसना छुँकालगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्