०६ असार २०८३, शनिबार

मजदूर बोकेको ट्रयाक्टर दुर्घटना हुँदा ११ जना घाइते

मजदूर बोकेको ट्रयाक्टर दुर्घटना हुँदा ११ जना घाइते

धादिङ – धादिङबेंसी सल्यानटार सडक निर्माणको काम गरिरहेका मजदूर बोकेको ट्याक्टर पल्टिँदा शनिवार ११ मजदूर घाइते भएका छन् ।

नव कान्तिपुर कन्सट्रक्सन निर्माणको काम गरिरहेका मजदूर बोकेर काम गर्ने स्थानतर्फ जाँदै गर्दा ना६त २७८० नम्बरको ट्रयाक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिए ।

तीव्र गतिमा गुडेको ट्याक्टर अनियन्त्रित भइ घुम्तीमा पछिल्लो भाग पल्टिएपछि मजदूर सबै घाइते भएका हुन् । घाइतेमध्ये जाजरकोटको छेडागाउँ नगरपालिकाका कर्णबहादुर चदरालाई धादिङबेँसीस्थित जिल्ला अस्पतालमा उपचार हुन नसकी चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । 

जाजरकोटबाट काम गर्न आएका हरिबहादुर शाही, कर्णबहादुर शाही, तेजबहादुर राउत, मेनबहादुर शाही, पूर्णबहादुर डाँगी लगायतका १० मजदूरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्