२३ असार २०८३, मंगलबार

सरकारले गाउँगाउँमा  भ्रष्टाचार पुर्‍यायो : पशुपतिशम्शेर

सरकारले गाउँगाउँमा  भ्रष्टाचार पुर्‍यायो : पशुपतिशम्शेर

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त)ले मुलुकको राजनीतिक परिदृश्य निराशाजनक र आर्थिक परिसूचक कहालीलाग्दो दिशातर्फ उन्मुख रहेको आरोप लगाएको छ ।

 विजया दशमी, दिपावली र छठ पर्वको उपलक्ष्यमा सञ्चारकर्मीका लागि आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले अध्यधिक मूल्यवृद्धिले हर्षाेल्लाषका साथ पर्व मनाउने वातावरणसमेत नरहेको टिप्पणी गरे।
 
उनले भने, 'सिँहदरबारको अधिकार गाउँगाउँमा  पुर्‍याउने नारा दिएको सरकारले अधिकारको साटो भ्रष्टाचार मात्र पुर्‍याएको छ, संवैधानिक अङ्गमा समेत राजनीतिक हस्तक्षेप भएको छ, सार्वजनिक शिक्षा प्रणाली कमजोर भएको छ, विश्वविद्यालय दलका कार्यकर्ता दलका भर्ति केन्द्रमा परिणत गरिएका छन् ।'
 
व्यापार घाटाले मुलुकको अर्थतन्त्रलाई निकै अप्ठेरोमा पारिरहेको बताउँदै अध्यक्ष जबराले भुक्तानी सन्तुलन र विदेशी मुद्राको सञ्चित पनि ओराले लाग्नु हाम्रा लागि चिन्ताको विषय हो भने । 

salt training

कमेन्ट गर्नुहोस्