०४ असार २०८३, बिहीबार

दुर्घटनामा प्रहरी नायब निरीक्षकको मृत्यु

दुर्घटनामा प्रहरी नायब निरीक्षकको मृत्यु

फिक्कल – सवारी दुर्घटनामा परी इलाममा १ प्रहरीको मृत्यु भएको छ । 

शनिवार दिउँसो इलामको बरबोटे–सुम्बेक सडक खण्डकोे छाँगेमा को१ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि मगरको मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका–१ सुनसरी स्थायी घर भएका प्रहरी नायब निरीक्षक मगर आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको इलाम नगरपालिका–५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रामसेवक मोचेको इलाम अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्