१२ असार २०८३, शुक्रबार

जीप दुर्घटना हुँदा १४ जना घाइते

जीप दुर्घटना हुँदा १४ जना घाइते
फाइल फोटो

जुम्ला – जिल्लाको पातारासी गाउँपालिकामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

जुम्ला बजारदेखि पातारासीको लासीबजारतर्फ जाँदै गरेको रा१ज ६२४ नम्बरको जीप शनिवार पातारासी–५ को पानीधारा लम्केनीमा दुर्घटना भएको हो । 

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको डिल्लीचौर प्रहरी चौकीका प्रहरी हवल्दार गणेश बोहोराले जानकारी दिए । जीपमा २५ जना सवार थिए ।

घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । जीप चालक फरार छन् ।

salt training

कमेन्ट गर्नुहोस्