०७ असार २०८३, आइतबार

किसानलाई ब्याज अनुदान दिइने : मन्त्री पौडेल

किसानलाई ब्याज अनुदान दिइने : मन्त्री पौडेल

बाँके-प्रदेश नं ५ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले किसानलाई व्यावसायीकरण र आधुनिकीकरण गर्न यस वर्षदेखि किसान लक्षित ब्याज अनुदान कार्यक्रम शुरू गरेको बताउनुभएको छ ।

    शनिबार बाँकेको कोहलपुरमा आयोजित जिल्लास्तरीय व्यावसायिक कृषकहरुको भेलालाई सम्बोधन गर्दै मन्त्री पौडेलले उक्त कुरा बताउनुभएको हो । 
    मन्त्रालयले कृषि उत्पादन वृद्धिसँगै बजारीकरणमा समेत जोड दिँदै आएको मन्त्री पौडेलले दाबी गर्नुभयो । उत्पादनमा वृद्धि गर्न सके मात्र देश आत्मनिर्भर हुने उहाँको भनाइ छ । 

    कार्यक्रममा कोहलपुर नगरप्रमुख लुटबहादुर रावतले कोहलपुर नगर सरकारको प्राथमिकतामा कृषि रहेको बताउनुभयो । उहाँले कोहलपुर नगर सरकारले प्रदेश सरकारसँगको साझेदारीमा बधशाला सञ्चालनको तयारी गरिरहेको जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्