११ असार २०८३, बिहीबार

उपत्यकामा रेबिजका बिरामी बढे

असोज १२, २०७६
उपत्यकामा रेबिजका बिरामी बढे

काठमाडौँ। टेकुस्थित शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालमा दैनिक दुई सय जना कुकुरले टोकेर रेबिजविरुद्धको सुई लगाउन आउने गरेका छन् ।
‘‘दैनिक रूपमा दुई सयको सङ्ख्यामा रेबिजविरुद्धको सुई लगाउन आउनेको सङ्ख्याले पनि प्रष्ट हुन्छ । काठमाडौँ उपत्यकामा धेरै मानिसलाई कुकुरले टोक्ने गरेको छ । कोही व्यक्ति भने लक्षण देखिसकेपछि उपचारका लागि आउने गर्छन्,’’ अस्पतालका प्रवक्ता तथा प्रमुख कन्सलटेन्सी डा अनुप बास्तोलाले
जानकारी दिए  ।
उनले रेबिजविरुद्धको सुई लगाएमा रेबिजको कारण मानिसको मृत्यु नहुने जानकारी दिँदै कतिपय मानिसहरू कुकुरले टोकेको हो, केही हुन्न भन्दै घर बस्नाले मृत्युको मुखमा पुगेको बताए ।
अस्पतालका अनुसार सरुवा रोग अस्पतालमा मात्र वार्षिक ३० जनादेखि ४० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ । सरकारले निःशुल्क उपलब्ध गराउने सुई लगाएमा रेबिज नलाग्ने भन्दै उनले कुकुरले टोकेर सुई लगाउन नआउँदा कतिपयको मृत्यु हुने गरको जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्