०६ असार २०८३, शनिबार

दशै‌ं खर्च जुटाउन बालुवा निकाल्दै मजदुर

असोज १२, २०७६
दशै‌ं खर्च जुटाउन बालुवा निकाल्दै मजदुर
फाइल तस्वीर

धादिङ –दशैँपर्व नजिकिँदै गर्दा पर्व खर्च जुटाउन त्रिशूली नदीमा मजदुरी गर्न आउने मानिसको सङ्ख्या निकै बढेको छ । 

गएको सातादेखि त्रिशूली नदीमा बालुवा झिक्न आउने मजदुरको लर्को लाग्न थालेको छ ।

पर्व मनाउनका लागि नदीबाट बालुवा निकालेर बिक्री गर्ने काममा सयौँ मजदुर टाढाटाढादेखि धादिङको बैरेनी, आदमघाट, बेल्खु लगायतका स्थानमा आएका छन् ।

जोखिमयुक्त काम भए पनि छोटो समयमा नै मनग्य आम्दानी हुने हुँदा चाडबाड मनाउने सबैभन्दा उपयुक्त विकल्प ठानेर बालुवा झिक्न आएको मजदुर बताउँछन् । बालुवा मजदुर रामकुमार राईका अनुसार दैनिक सामान्यतया २५ सयदेखि चार हजार रुपियाँसम्म आम्दानी हुन्छ ।

जति पर्व नजिकिँदै जान्छ, त्रिशूली नदीको भेलबाट बालुवा झिकेर दैनिकी चलाउने मजदुरको खटन पनि बढ्दै जान्छ । पर्व खर्च जुटाउनका लागि त्रिशूली नदीको भेलबाट बालुवा निकाल्ने मजदुर नदी किनारमा जताततै भेटिने गरेका छन् । खाली खुट्टा त्रिशूली नदीको बीच भागसम्म पुगेर हातैले बालुवा निकाल्दैमा मजदुरको दिन बित्ने गरेको छ ।

नदी र खोलामा मेसिनको प्रयोग गर्न स्थानीय प्रशासनले कडाइ गरेपछि त्रिशूली नदीको भेलसँग पौँठेजोरी खेलेर बालुवा निकाल्ने मजदुरको सङ्ख्या ह्वात्तै बढेको छ । त्रिशूली नदीमा बालुवा निकाल्न स्थानीयभन्दा धेरै बाहिरी जिल्लाका मजदुर जम्मा भएका हुन्छन् ।

हरेक वर्ष वर्षात्को समयमा त्रिशूली नदीबाट बालुवा निकाल्नका लागि जाजरकोट, बर्दिया, खोटाङ, उदयपुर, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट मानिस आउने गर्छन् । ठूला चाडपर्वहरू पनि नजिकिएकाले चाडपर्व मनाउने खर्च जुटाउनका लागि नदीमा बालुवा झिक्ने काम गर्न आएको उनीहरू बताउँछन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्