
धादिङ – यात्रुबाहक बस दुर्घटना हुँदा धादिङको निलकण्ठ नगरपालिकामा ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेशी जाँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस निलकण्ठ नगरपालिकाको केरौंजामा सडकबाट धानखेतमा खसेको थियो
विहान साँढे ८ बजेको समयमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक रुपक खड्काले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार, दुर्घटनामा घाइते भएकाहरूमध्ये ४ जनाको अवस्था गम्भिर छ । घाइतेमध्ये ४ जनालाई जिल्ला अस्पताल धादिङमा प्रारम्भिर उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । एक जनाको भने जिल्ला अस्पताल धादिङमा नै उपचार भैरहेको छ ।
बसका चालकलाई नियन्त्रणमा लिइएको छ भने सहचालक फरार भएको उनले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको समेत उनले जानकारी दिए।