२७ असार २०८३, शनिबार

नाइजेरियामा यातनागृहबाट ३०० भन्दा बढी विद्यार्थी मुक्त

नाइजेरियामा यातनागृहबाट ३०० भन्दा बढी विद्यार्थी मुक्त

काठमाडौं – नाइजेरियाको कादुनामा एक इस्लामिक विद्यालयमा वर्र्षौंसम्म यातना र बलात्कार गरेर राखिएका ३०० भन्दा बढी विद्यार्थीहरूलाई बिहीवार मुक्त गरिएको छ । 

धेरै विद्यार्थीहरूलाई सिक्रीले बाँधेर राखिएको थियो र तीमध्ये अधिकांश बालबालिका थिए । उनीहरूले आफूलाई यौन दुर्व्यवहार गरिएको, भोकभोकै राखिएको र त्यो ठाउँ छोडेर जान नदिइएको बताए । 

प्रहरीले बिहीवार उक्त यातनागृहमा छापा मारेर बन्दीहरूलाई मुक्त गरेको थियो । उनीहरूलाई कुरान सिकाउने र सुधार गर्ने नाममा अत्यन्तै अपमानजनक र अमानवीय अवस्थामा राखिएको एक प्रहरी प्रवक्ताले बताए ।

उनीहरूको ढाडमा डरलाग्दा दाग थिए अनि उनीहरूको हात र गोडामा सिक्री बाँधिएको थियो । 

कादुनाको प्रहरी प्रमुख अली जांगाले यो दासताको मुद्दा भएको र आफूहरूलाई स्रोतले खबर गरेपछि छापा मार्न गएको बताए । 

बुर्किना फासो, माली र अन्य अफ्रिकी मुलुकका पुरुष विद्यार्थीहरूलाई त्यहाँ राखिएको थियो । 

पीडितहरू वयस्क र बालक दुवै थिए ।

उक्त विद्यालय एक दशकदेखि सञ्चालनमा छ । विद्यार्थीका परिवारका मानिसले उनीहरूलाई कुरान पढ्न अनि लागूऔषध दुर्व्यसन र अन्य रोगबाट मुक्त गराउन त्यहाँ राखेको प्रहरीको भनाइ छ । 

छापा मार्ने क्रममा विद्यालय सञ्चालक तथा ६ कर्मचारीलाई पक्राउ गरिएको छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्