
काठमाडौं, २० चैत — प्रेममा मानिसहरू जे गर्न पनि तयार हुन्छन् । पाकिस्तानमा एक मानिसले पत्नीप्रेममा अचम्मको काम गरेका छन् ।

इरफान अली नामक व्यक्तिको भर्खरै बिहे भएको थियो । बिहेपछि पत्नीलाई सँगै नलिई उनी काम गर्न साउदी अरब जाँदै थिए ।
खासमा इरफानका परिवार सदस्यले उसलाई जबर्जस्ती साउदी अरब पठाएका थिए ।
लाहोरबाट शाहीन एयरलाइन्सको फ्लाइटमा बसेको इरफानलाई प्लेन उडेको केही समयपछि पत्नीको बेस्सरी याद आयो ।
अनि उनको यादमा तड्पिएर ऊ प्लेनमै बेस्सरी रुनकराउन थाल्यो । उसले हंगामा नै पो गर्न थाल्यो । श्रीमती छोडेर कहीँ पनि जान्नँ भनेर ऊ त चिच्याउन थाल्यो ।
त्यसपछि उसले रोइकराइ गरेर प्लेनलाई लाहोर फर्काउन लगायो । आफ्नी पत्नी मरेकीले जसरी भएपनि प्लेन फर्काउनुपर्ने बताउँदै हंगामा मच्चायो । विमान कर्मचारी तथा अन्य यात्रुले सम्झाउनका लागि अनेकौं प्रयत्न गरेपनि उसले वास्तै गरेन ।
हार मानेर प्लेन लाहोर फर्कियो । प्लेनबाट निस्केपछि भने उसले सत्य बतायो र पत्नीसँग टाढा हुनु नपरोस् भनेर आफूले नाटक गरेको खुलासा ग–यो । पत्नीप्रतिको उसको गाढा प्रेम देखेर कर्मचारीहरूले उसमाथि कानूनी कारवाही गरेनन् ।
यो खबर पाकिस्तानी टिभी च्यानल २४ न्युजमा प्रसारण भयो र चैत १० गते च्यानलको फेसबूक पेजमा भिडियो अपलोड ग–यो । भिडियो भाइरल भएको छ र यसमा थरीथरीका प्रतिक्रिया आइरहेका छन् ।
हेरौं भिडियो:
एजेन्सीको सहयोगमा