
काठमाडौं –एनसीसी बैंकले महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विद्यालयलाई ४ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
शुक्रवार उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेका थिए ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि सूचना प्रविधिमा पँहुच पुर्याउन टिभी तथा आवश्यक सामग्रीका साथै खेलकूदका लागि प्ले स्टेशन सामग्रीको व्यवस्थापन गन बैंकले आर्थिक सहयोग गरेको हो ।