०४ असार २०८३, बिहीबार

यी महिलालाई छ वाईफाईको एलर्जी, सुत्छिन् पित्तलको ब्यागमा

यी महिलालाई छ वाईफाईको एलर्जी, सुत्छिन् पित्तलको ब्यागमा

काठमाडौं – वाईफाईको एलर्जी भएको बताउने एक महिला पित्तलको स्लीपिङ ब्यागमा सुत्ने गरेकी छन् । वाईफाईका कारण आफूलाई कमजोरी अनुभव हुने, सास फेर्न गाह्रो हुने अनि अनुहारमा सुईले घोचेको जस्तो लाग्ने उनको भनाइ छ । 

रोजी ग्ल्याडवेल नामक ती महिलाले इलेक्ट्रोम्याग्नेटिक रेडिएसनबाट आफूलाई जोगनका लागि हजारौं पाउन्ड खर्च गरिसकेकी छन् । अब ५जीले आफ्नो स्वास्थ्य चौपट बनाउने उनको आशंका छ । 

बेलायतको डेभोनमा बस्ने ग्ल्याडवेल ४०० पाउन्ड पर्ने ब्यागमा सुत्छिन् । 

‘भविष्यका बारेमा मलाई निकै डर लागेको छ,’ उनले भनिन्, ‘अहिले त मैले आफूलाई सुरक्षित बनाउन सकेकी छु अनि गाउँको घरमा बस्छु र त्यहाँ इलेक्ट्रोम्याग्नेटिक फ्रिक्वेन्सी छैन । तर ५जी आएपछि भविष्यमा के पो हुने हो ? बहुतै डरलाग्दो विषय छ ।’

आफूलाई इलेक्ट्रोम्याग्नेटिक फील्ड्सप्रति संवेदनशीलता रहेको थाहा पाएपछि रोजीले विशेष उपकरणका लागि टन्नै खर्च गरिसकेकी छन् । उनले आफ्नो शरीरमा बेर्नका लागि रक्षात्मक कवच किनेकी छन् अनि रेडिएसन डिटेक्टर पनि खरिद गरेकी छन् । 

पतिसँग स्पेन जाँदा ३० घन्टा लामो फेरी यात्रामा उनले स्लीपिङ ब्याग र प्रोटेक्टिभ शीट लगाउने गरेकी छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्