१६ असार २०८३, मंगलबार

तेस्रो तल्लामा रमाइलो गरिरहेको जोडीको खसेर मृत्यु

तेस्रो तल्लामा रमाइलो गरिरहेको जोडीको खसेर मृत्यु

काठमाडौं – इक्वेडरको कारापुंगोमा नग्न अवस्थाका एक पुरुष र महिला तेस्रो तल्लामा क्रीडामा मग्न रहेको अवस्थामा खसेर मृत्युवरण गर्न पुगेका छन् । 

२८ वर्षीया महिला र उनका ३५ वर्षीय प्रेमीको मृत शरीर नजिकैको टेरेसमा भेटिएको थियो । 

ती महिलाले आयोजन गरेको पार्टीमा उक्त काण्ड भएको थियो । 

ती महिलाकी आठ वर्षीया छोरी छिन् । 

अनौठो किसिमको थडथड आवाज आएपछि दौडिँदै बाहिर आएका एक छिमेकीले उक्त जोडी लडेर टेरेसमा पछारिएको देखिन् । 

प्रहरी प्रमुख क्रिस्टियन त्रुजिल्लोले घटनाको अनुसन्धान भइरहेको बताए । 

स्थानीय सञ्चारमाध्यमले लेखेअनुसार, क्रीडामग्न जोडीले बाल्कोनीको पर्खालको उचाइ अन्दाज गर्न सकेनन् र क्रीडाकै क्रममा त्यसमाथिबाट गुल्टिए । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्