१७ असार २०८३, बुधबार

यी हुन् संसारका सबभन्दा महंगा वाइन

यी हुन् संसारका सबभन्दा महंगा वाइन

काठमाडौं – दशैंतिहारमा मदिराको खपत राम्रै हुने गर्छ । अरूबेला नपिउनेहरू पनि चाडपर्वमा चाहिँ मदिरा पिइरहेका भेटिन्छन् । 

यहाँ हामी संसारका सबभन्दा महंगा वाइनको चर्चा गर्दैछौं । यहाँ उल्लेख गरिएकोमध्ये कुनै वाइन किनेर पिउनुहुन्छ कि ? 

१ डोमेन रोमानी–कोंती
डोमेन रोमानी–कोंती संसारको सबभन्दा महंगो वाइन हो । यसको एउटा बोतलको औसत मूल्य २२ लाख चानचुन पर्छ । 

२ डोमेन लेरोए मुसिग्नी ग्राँ क्रु
यस वाइनको औसत मूल्य पनि २२ लाख चानचुन पर्छ । डोमेन लेरोएले बायोडाइनामिक कृषिपद्धति अपनाएको छ । 

३ इगोन मुलर शार्झोफबर्गर राइस्लिङ ट्रोकेनबीरेनाउस्लेस
यो संसारको सबभन्दा महंगो ह्वाइट वाइन हो । यो जर्मनीको मोसेल क्षेत्रमा बन्छ । मुलर परिवारले सन् १७९७ देखि यो वाइन बनाउँदै आएको छ । यसको औसत मूल्य एक बोतलको १५ लाख चानचुन पर्छ ।

४ डोमेन जोर्जेस यान्ड क्रिस्टोफर रूमिए मुसिग्नी ग्राँ क्रु
यस वाइनको औसत मूल्य साढे १४ लाख चानचुन पर्छ । सन् १९२४ मा जोर्जेस रूमिएले वाइन बनाउन थालेका हुन् र उनको नाति पुस्ता अहिले यसमा लागेको छ । बर्गन्डी क्षेत्रमा यो वाइन बनाइन्छ । 

५ डोमेन लेफलाइभ मोंत्राशे ग्राँ क्रु
यसको एक बोतलको औसत मूल्य ११ लाख ३३ हजार चानचुन पर्छ । 

६ जे एस टेरान्टेज मदेरा
यसको औसत मूल्य नौ लाख ३६ हजार चानचुन पर्छ । पोर्चुगलमा बन्ने यो वाइन निकै पुरानो रक्सी हो । 

७ डोमेन दे ला रोमानी–कोंती मोंट्राशे ग्राँ क्रु
यसको औसत मूल्य आठ लाख ९५ हजार चानचुन छ । यसले प्रत्येक वर्ष जम्मा २५० केस मात्र बजारमा ल्याउने गरेको छ । 

८ डोमेन लेरोए शम्बर्तिन ग्राँ क्रु
यस वाइनको औसत मूल्य आठ लाख ४५ हजार चानचुन छ । 

९ डोमेन लेरोए रिशेबूर्ग ग्राँ क्रु
यस वाइनको औसत मूल्य ६ लाख ७९ हजार चानचुन पर्छ । वर्षको जम्मा ७०० बोतल उत्पादन गरिन्छ । 

१० स्क्रीमिङ ईगल शौभिनों ब्लाँ
यस वाइनको औसत मूल्य ६ लाख ७६ हजार चानचुन पर्छ । 

स्रोत : टाउनयान्डकन्ट्रीम्याग डट्कम

कमेन्ट गर्नुहोस्