२८ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री ओली भन्छन्– मेरो कार्यकालभित्रै वृद्धभत्ता ५ हजार

प्रधानमन्त्री ओली भन्छन्– मेरो कार्यकालभित्रै वृद्धभत्ता ५ हजार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालभित्रै जेष्ठ नागरिकले पाउने भत्ता ५ हजार पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

२९औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा सोमवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको कार्याकालभित्रै वृद्धभत्ता ५ हजार पुर्‍याइने बताए ।

‘नेपालमा पहिलोपटक स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको कम्युनिस्ट पार्टीको एकल सरकारले मासिक १०० रुपैयाँबाट ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘जनबोलीमा वृद्ध भत्ता भन्ने गरिएको उक्त भत्ताको राशी २०७६ साउनदेखि ३ हजार रुपैयाँ पुर्‍याइएको छ । वर्तमान सरकारले आफ्नो ५ वर्षे कार्यकालभित्रै त्यसलाई ५ हजार पुर्‍याउनेछ ।’

झण्डै अढाई लाख ज्येष्ठ नागरिकले वार्षिक रूपमा १ लाख रुपैयाँ बराबरको तोकिएका सुविधा–सेवा विभिन्न स्वास्थ्य संस्थाबाट प्राप्त गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले ७ वटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने सरकारको योजना कार्यान्वयनको चरणमा रहेको बताए ।

यातायात सेवामा पनि ज्येष्ठ नागरिकका लागि सिट आरक्षण र भाडा छुटजस्ता सुविधाको व्यवस्था गर्न समेत समेत सरकार प्रयत्नशील रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्