
काठमाडौं– सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लागेपछि उनका पूर्व सहकर्मी समेत रहेका समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले पनि राजीनामा दिन महरालाई सुझाव दिएका छन् ।
मंगलवार ट्वीट गर्दै बाबुरामले तुरून्त राजीनामा दिएर अनुसन्धानमा सघाउन सुझाव दिएका हुन् ।
'लोकतन्त्रमा निर्वाचित प्रतिनिधि सभाका सभामुखमाथि बलात्कारको आरोप लाग्नु अत्यन्त गम्भीर कुरा हो ! यसमा कुनै किन्तु/परन्तु नगरी सभामुख महराले तुरून्त राजीनामा गरेर अनुसन्धानमा सघाउनुपर्छ ! Ceaser’s wife should be above suspicion जो भनिन्छ ! यसले सेलाउँदै गएको मी-टू अभियानलाई पनि सघाउनेछ !'