०९ असार २०८३, मंगलबार

प्रहरीद्वारा हिसिला र गंगामाथि हिरासतभित्रै लछारपछार

कात्तिक २०, २०७४
प्रहरीद्वारा  हिसिला र गंगामाथि हिरासतभित्रै लछारपछार
काठमाडौं, २० चैत– नयाँ शक्तिले सांसद गंगा चौधरी र महिला नेत्री हिसिला यमीलाई प्रहरीले हिरासतभित्रै दुर्व्यवहार र लछारपछार पारेको आरोप लगाएको छ ।baburam_2
नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले महिला संसद गंगा चौधरी र नेत्री हिसिला यमीलाई समेत प्रहरीले लछारपछार गरी अपमानजनक ढंगले लछारपछार गरेको आरोप लगाए । उनले प्रहरीको अमानविय हर्कतले आफूलाई लज्जित बनाएको समेत प्रतिक्रिया दिए ।
प्रहरीको घरपकड लगत्तै हिरासतबाट रिहा भएका भट्टराईले गणतान्त्रिक सरकारले पञ्चायतको झल्को दिने हर्कत गरेको पत्रकार सम्मेलन गरी प्रतिक्रिया दिए ।
आइतबार बिहान निर्वाचन आयोगमा धर्ना दिने क्रममा भट्टराईसहितका विभिन्न साना दलका ४८ नेतालाई प्रहरीले पक्राउ गरी दिनभर नेपाल पुलिस क्लबमा राखेको थियो भने बेलुका रिहा हुन आग्रह गर्दा भट्टराईले अस्विकार गरेपछि हिरासतभित्रै तनाव भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्