काठमाडौं, २० चैत– नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले हिरासतभित्रै प्रहरीले आफूहरुमाथि बाघले भेडाबाख्रालाई झम्टेजसरी झम्टिएको आरोप लगाएका छन् ।

निर्वाचन आयोगमा धर्ना दिने क्रममा आइतबार बिहान गिरफ्तारीमा परेपछि नेपाल पुलिस क्लबभित्र दिनभर बिताएका भट्टराईलगायतका नेताहरुमाथि बेलुका हिरासतभित्रै धरपकड भएपछि भट्टराईले यस्तो आरोप लगाएका हुन् ।
प्रहरी धरपकडपछि रिहा भएका उनले साँझ पत्रकार सम्मेलन गरी प्रचण्ड सरकार पञ्चायतको झल्को दिने गरी दमनमा उत्रिएको आरोप समेत लगाए ।
उनले के–के भने ? भिडियो हेर्नुहोस्